Thursday, September 19, 2024

ट्रेन्डिङ :

देउवा निवासपछि सिंहदबारमा भेट्दैछन् विपक्षी, ३ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने

काठमाडौं । राष्ट्रपतिले छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जुटेका विपक्षीहरूको छलफल सकिएकोछ । देउवा निवासबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल लगायत बाहिरिएका छन्।

बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ-आफ्नो दलमा आन्तरिक छलफलमा जुट्ने छन् । तीन बजेपछि फेरि विपक्षी दलहरुको संयुक्त बैठक हुने भएको छ। आन्तरिक छलफल सकाएपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक हुने छ। विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?