Thursday, September 19, 2024

ट्रेन्डिङ :

मलाई संसद विघटनको निर्णय निद्रामा पनि सही लाग्छ- प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गत पुस ५ गते गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याए पनि निद्रामा पनि ठीक लाग्ने बताएका छन्।

‘मलाई एक्लै बस्दा होइन, संसद विघटनको निर्णय निद्रामा पनि ठीक लाग्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने।

उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संसद विघटनको निर्णय एक्लै रहेको बेला त गलत थियो भन्ने महसुस हुन्छ होला नि भन्ने पत्रकारको जिज्ञासामा भने, ‘मलाई निन्द्रामा पनि सही लाग्छ।’

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटनका कारण एकपटक थुतुनो पोलिसकेको मान्छे भएकाले आफू त्यसतर्फ जान नचाहेको उल्लेख गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?