Friday, January 3, 2025

ट्रेन्डिङ :

ओली र देउवा दुबै किर्ते हुन्, अब चुनाव जाऔँ : कमल थापा

spot_img
spot_img
spot_img

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिसमक्ष पेश भएका प्रधानमन्त्रीको दुवै दावी किर्ते भएको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेपछि अध्यक्ष थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले दुवै दावीमा धारा ७६ को उपधारा ५ अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको जिकिर गरे । उनले दुवै काम जाली भएको बताउँदै संविधानबमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

उनले अगाडि लेखेका छन्, यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’ शुक्रबार साँझ ५ बजेसम्म पेश भएका दुवै दावीमा प्रतिनिधिसभामा भएको सदस्य संख्या भन्दा धेरै सांसदको हस्ताक्षर प्रस्तुत गरिएको छ । देउवा पक्षले १ सय ४९ सांसदको हस्ताक्षर पेश गर्दा ओली पक्षले १ सय ५३ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?