Sunday, September 8, 2024

ट्रेन्डिङ :

लैनचौरमा भारतीय राजदूत क्वात्रा र राजेन्द्र महतोको बीचमा दुई घण्टा भेटवार्ता

काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित भारतीय राजदूतावास पुगेका छन्। उनी भेटको लागि शनिबार राजदूतावास गएको स्रोतले जानकारी दिएको छ। नेता महतो र भारतीय राजदूत विनयमोहन क्वात्राबीच करिब दुई घण्टा भेटवार्ता भएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति मात्रै दोस्रोपटक प्रतिनिधि विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेकी छन्। यसका लागि दक्षिणी मुलुक भारतको पनि साथ समर्थन रहेको विश्लेषण भइरहेका बेला ओलीका सहयोगी बनेका महतो भारतीय दूतावास पुगेका हुन्। ओली सरकारमा महतोले जसपाको एक पक्षको प्रतिनिधित्व गर्ने तयारी गरिरहेको पार्टीकै नेताहरुको दाबी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?