Sunday, September 8, 2024

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् । आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् ।

शनिबार देशभरमा भने ८,९८० जना संक्रमित भेटिएका छन् । शनिबार एकै दिन ८,८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?