Sunday, September 8, 2024

ट्रेन्डिङ :

महामारीलाई मध्यनजर गरेर मात्रै कार्यक्रम गर्ने : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महामारीको भयावह संकटबाट गुज्रिरहेका छौं । यो पक्षलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम गर्दैनौं ।

उनका अनुसार महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ भने असंवैधनिक कदमको प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपील गरेको छ ।

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको निर्णय

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?