Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

चुनाव अगाडि नै सम्पूर्ण जनतालाई खोप लगाईसक्ने प्रधानमन्त्री ओलीको उदघोष

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको उपचार पाउने हकलाई सम्मान गर्न दिनरात सरकार लागी परेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चुनाव भन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने बताए । कार्यक्रममा उनले भने ‘हामी चुनाव भन्दा अगाडि नै सबै जनतलाई खोप लगाईसक्ने त्यस प्रयासमा जुटेका छौँ ।’

‘नो भोट नो भ्याक्सिन’को बारे पत्रकारले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भोट वा मताधिकार जनताले केहि कुरासँग पनि नसाट्ने बताएका छन् । उनले भने- ‘यहाँ सेन्टिमेन्टल ब्ल्याकमेलिङ गनै खोजिएको छ, यो अभियानका पछाडी ब्ल्यामेलरहरु छन्, दुषित् उदेश्यका ब्ल्याकमेलरहरु, त्यसकारण जनता यसबाट अलमलिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने- ‘विभिन्न मित्रराष्ट्रहरुसँ खोप उत्पादकहरुसँग हामीले डिल गरिरहेका छौँ, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ ।’ उनले यस्ता खालका सेन्टिमेन्टल ब्ल्याकमेलिङबाट जनतालाई सञ्चारमाध्यमले जोगाउनुपर्ने बताए ।

चुनावी सरकार बनाउन प्रस्ताव

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?