Friday, September 20, 2024

ट्रेन्डिङ :

मेरो कार्यकाल भन्दा पहिले मान्छेहरुले ‘ड्रोन’को नाम सुनेका पनि थिएनन् : प्रम ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान प्रविधिको विकासमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनले आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा यो सरकारले विज्ञान प्रविधिको क्षेत्रमा तिब्रता दिएको भन्दै डिजिटलाइजेसनको क्षेत्रमा थुप्रै काम भएको बताए ।

आफूले सिंगापुरमा उपचाररत हुँदा जुममार्फत मन्त्रिपरिषदका साथीहरुसँग कुराकानी गर्दा चर्चाको विषय भएको भन्दै अहिले जुम प्रविधि सामान्य भएको जिकिर गरे । ‘अहिले अनलाइन सिकाइको कुरा सामान्य विषय भए विज्ञान र प्रविधिको कुरा तिब्र प्रयोगमा जानुपर्दछ ‘ उनले भने ।

प्रधानमन्त्रीले प्रविधिको प्रयोग धेरै क्षेत्रमा भएको भन्दै आफ्नो सरकारको समयमा फोरजीको बिस्तार र फाइभजी सेवाको परीक्षण, इन्टरनेट सेवा लगायतको क्षेत्रमा थुप्रै काम भएको दाबी गरे । उनले भने, ‘यो कार्यकालभन्दा अगाडि साधारणतया भन्ने हो भने ड्रोन मान्छेले सुनेका पनि थिएनन् होला, आज तपाईँहरु सबैले ड्रोन जान्नुहुन्छ, धेरैले चलाउनुहुन्छ ।’

नागरिक एप्स लगायत एप्सहरुको निर्माण र यी सब कामहरु यसै बिचमा भएको प्रधानमन्त्रीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?