Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

“तेन्जिंग नोर्गे” को भूमिकामा खेल्ने नेपाली कलाकारको खोजी गर्दै अस्ट्रेलियन फिल्म निर्माता

spot_img
spot_img
spot_img

एजेन्सी- अस्ट्रेलियन हाइ अल्टिच्युट डाइरेक्टर जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म “तेन्जिंग” मा  तेन्जिंग नोर्गेको भूमिका निभाउने पात्रको खोजी शुरु भएको छ । आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्येबाट प्रथम सगरमाथा आरोहीमध्ये एक तेन्जिंग नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

यो फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले दिएको जानकारी अनुसार यो फिल्ममा तेन्जिंगको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अनुभवी हुन आवश्यक छैन । उनले भनिन्, ‘एथलेटिक बिउल्ड’ अर्थात् तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालीस वर्षभित्रको हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार खोजिरहेका छौं, जसलाई तेन्जिंगको भूमिकामा देखाउन सकियोस् ।’

उनले छानिने कलाकारलाई आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म  आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने पनि बताइन् । इच्छुक कलाकारले उक्त फिल्म परियोजनाको लिंक https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने उनले बताइन् ।

उनले अहिलेसम्म दर्जनौंले आवेदन दिएका र दुई हप्तापछि ती आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिने बताइन् । एशिया प्यासिफिक क्षेत्रका अन्तर्राष्ट्रिय फिचर फिल्ममा चर्चित हिमाली अनुहारका रूपमा अभिनय गर्न पाउने भाग्यमानी कलाकार को बन्ला ?  त्यो चाहिं केही हप्ता वा महीना कुर्नुपर्नेछ । यसअघि जेनिफरले २०१४ मा निर्देशन गरेको ‘शेर्पा’ चलचित्र विश्व चर्चित छ । उक्त फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डमा नेटफिलिक्समा हेर्न पाइन्छ । -अनलाइनखबरबाट साभार

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?