Thursday, January 2, 2025

ट्रेन्डिङ :

साहित्यकार डा. बानिरा गिरीको निधन

spot_img
spot_img
spot_img

काठमाडौं । साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?