Sunday, September 8, 2024

ट्रेन्डिङ :

चीनको कडा प्रतिक्रिया, जी ७ को सानो समुहले विश्वभरी शासन गर्ने हैसियत राख्दैन

एजेन्सी : चीनले जी ७ को सानो समुहले संसारको भाग्यको निर्णय गर्ने दिन बितिसकेको बताएको छ । लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले यी टिप्पणीहरू बेलायतमा भेला भएका नेताहरूले चीनको सम्बन्धमा एकीकृत अडान लिन खोजेपछि चीनले जी ७ का नेताहरुलाई सानो समुहले संसारको भाग्य निर्माण गर्ने दिन गईसकेको चेतावनी दिएका हुन् । उनीहरूले एक विशाल चिनियाँ योजनाको जवाफमा नयाँ खर्च योजना बनाए । अमेरिकी राष्ट्रपति जो बिडेन पश्चिमी शक्तिहरूले पुनरुत्थानकारी चीनको प्रतिरोध गर्न अब कदम चाल्नु पर्ने पक्षमा रहेको विश्लेषकहरु बताउँछन् ।

आइतबार जी ७ को बैठकको घोषणामा जलसंकटको चपेटामा परेका विकासोन्मुख देशहरूलाई बढी आर्थिक सहयोग दिने र चिनियाँ कार्यक्रमको विकल्पको रूपमा विकासशील विश्वका पूर्वाधार परियोजनाहरूका लागि पूर्वाधार निर्माणको वाचा गरिएको छ। जी ७ को बैठकपछि लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले रोयटर्सको समाचार एजेन्सीलाई उद्धृत गर्दै भने, देशहरूको सानो समूहले विश्वव्यापी निर्णय गर्ने दिनको अन्त्य भईसकेको छ । हामी जहिले पनि ठूला, साना, सशक्त वा कमजोर, गरिब वा धनी देशहरू बराबर हुन् भन्ने कुरामा विश्वास गर्छौँ र विश्व मामिलाहरू सबै देशहरूले परामर्श मार्फत चलाउनु पर्छ ।

SOURCE : https://www.bbc.com/news/world-asia-china-57458822

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?