Sunday, September 8, 2024

ट्रेन्डिङ :

कांग्रेसमा क्रियाशील सदस्यताको लफडा, महाधिवेशन नै पर धकेलिने खतरा

काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवादले पार्टी महाधिवेशनको कार्यतालिका संशोधन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । कांग्रेसको १४ औं महाधिवेसन करिब डेढ वर्ष अघि नै सक्नुपर्ने कांग्रेसले अहिलेसम्म पनि क्रियाशील सदस्यता विवादले पार्टीको भदौं १९ भित्र महाधिवेसन गर्ने भनिए पनि भरपर्दो आधार भने देखिएको छैन । कांग्रेस महाधिवेसनको मेरुदण्ड क्रियाशील सदस्यता हो । भदौं १० भित्र सक्ने अन्तिम कानूनी अवसर पाएको कांग्रेसले क्रियाशील लफडाले महाधिवेसन कार्यतालिका संशोधन गर्नुपरेको छ । केन्द्रमा ९ दिन र तल्ला तहमा एक महिना महाधिवेसन पर धकेलिएको छ ।

क्रियाशील सदस्य छानविन समितिले हालसम्म १०१ स्थानबाट मात्र सदस्यता दर्ता भएको विवरण सार्वजनिक गरेको छ । बाँकी १०६ स्थानको सार्वजनिक भएको छैन । विवाद रहेका सिन्धुपाल्चोकमा बल्ल फारम पुगेको छ भने बारा तथा सप्तरीमा दर्ता प्रक्रिया प्रकृया शुरु भएको छैन । बर्दियामा लफडाको जटिलता उस्तै छ । सर्लाहीको विवाद साम्य भएको छैन । १० लाख सदस्यता पुर्‍याउने महत्वाकांक्षामा रहेको कांग्रेसभित्र ८ लाख भन्दा केही बढी मात्र सदस्यता इन्ट्री भएको बुझिएको छ ।

सदस्यतामा परेको उजुरीहरु उपर छानविन शुरु हुने छाँटकाँट छैन । संशोधित कार्यतालिका अनुसार असार २० गतेभित्र क्रियाशील सदस्यको सम्पूर्ण काम सकेर, २४ गते सभापति शेरवहादुर देउवाले हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ । तर, रमेश लेखकको संयोजकत्वमा रहेको ५ सदस्यीय छानविन समितिले कस्तो मापदण्ड बनाएर काम अघि बढाउने भन्ने विषयमा बल्ल छलफल शुरु गरेको छ । त्यसैकारण, विकल्पमा छलफल नगर्ने हो भने कांग्रेसको भदौं १९ मा महाधिवेसन संभव छैन ।

कांग्रेसले कार्यतालिका संसोधन गरेर वडा तहको अधिवेसनलाई एक महिना पर धकेलेको छ । साउन ६ गते वडा अधिवेसन गर्ने तयारीमा पार्टी देखिन्छ । यस्तै ११ गते गाउँ नगर अधिवेसन, १६ गते प्रदेश सभा क्षेत्रीय अधिवेसन, २० गते एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन तथा २४ गते एकभन्दा बढी निर्वाचन भएको जिल्ला अधिवेसन गर्ने तयारी छ । कांग्रेसले भदौं १ र २ गते प्रदेश तथा भदौं १९ गते केन्द्रीय अधिवेसन सक्ने तयारी गरेको छ । यसबारे असार ३ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?