Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

भूपू गा.बि.स. सचिव विरुद्द २ लाख ८१ हजार बराबर सार्वजनिक सम्पत्ति अपचलन गरेको आरोप-पत्र दायर

spot_img
spot_img

सिमरा- जिल्ला बारा साविक अमलेखञ्ज गा.बि.स. हाल जीतपुरसिमरा उप-महानगरपालिकाको तत्कालीन गा.बि.स. सचिव बिजयकान्त झाले आ.ब. २०७०/०७१ र २०७१/०७२ को आयब्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढंगले गाउँ परिषद् नभएको योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई किर्ते सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा निज बिजय कान्त झाले साविक अमलेखञ्ज गा.वि.स. मा सम्पन्न गरेका कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा जम्मा रु.१,३४,२३५।२९ बढी भुक्तानी गरेको देखिएको साथै सोही गा.बि.स.मा लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको देखिएको रु.२,९१,०००।- रकम खर्च गरेको देखिएतापनि सो खर्चमध्ये रु.१,४७,५००।- को बिल भरपाई पेस गरेको नदेखिएकोले साविक अमलेखगञ्ज गा.वि.स.का तत्कालीन सचिव विजयकान्त झाले गा.वि.स.मा संचालित योजनाहरुमा निजले बढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढंगले जम्मा रु.२,८१,७३५।२९ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजलाई रु.२,८१,७३५।२९ (दुई लाख एकासी हजार सात सय पैंतीस रुपैयाँ उनान्तीस पैसा ) रकम कुल बिगो कायम गरी निजले गरेको उल्लेखित कसुरवापत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

आरोप पत्र-

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?