Sunday, September 8, 2024

ट्रेन्डिङ :

थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।

त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?