Sunday, September 8, 2024

ट्रेन्डिङ :

लेदोसहित आएको बाढीले घर पुरिदा म्यादीमा २ को मृत्यु

काठमाडै । खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पतीको मृत्यु भएको भएको छ ।

जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदो सहितको बाढीले उनीहरुको घर पुरिदा २ को मृत्यु भएको हो ।

मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आएका २२ बर्षिय गजिन रोका र उनकी श्रीमति १९ बर्षिय बिना रोकाको रहेको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार प्रहरी, जनप्रतिनिधि र स्थानीयले मृतक दुवैको शव निकालेका हुन् । दुवै शव कानूनी प्रकृया पूरा गरेर आफन्तलाई बुझाइएको छ । यसैगरी गएराति देखि परेको अविरल बर्षाका कारण जिल्लाका मुख्य सडक अवरुद्ध भएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?