Friday, October 18, 2024

ट्रेन्डिङ :

एमाले स्थायी कमिटी बैठक : देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले भने, ‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ। कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ।’

यसैबीच आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए।

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए । तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?