Sunday, September 8, 2024

ट्रेन्डिङ :

कोटेश्वरमा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?