Sunday, January 12, 2025

ट्रेन्डिङ :

नेपाली युवालाई महाकालीमा खसाल्ने एसएसबीलाई कारबाही गर्न ४ कम्युनिस्ट पार्टीको माग

spot_img
spot_img
spot_img

काठमाडौं । चार कम्युनिष्ट पार्टीले दार्चुला घटनाका दोषीलाई तत्काल कार्वाही गर्ने विश्वासिलो छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । शनिबार नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग उक्त माग गरेका हुन् ।

उनीहरुले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भनेका छन् । जारी विज्ञप्तिमा भनिएको छः ‘यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट वेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शिघ्रतिशीघ्र कारवाही गर्न विश्वासिलो छानविन अगाडी बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौं ।’

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा भारतीय सीमा सुरक्षा बलले महाकालीको तुइन काटिदिएपछि वेपत्ता छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?