Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले बोलायो स्थायी कमिटी बैठक

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटीको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने बताइएको छ ।

दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको बताइएको छ । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको भन्दै बैठक बोलाइएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?