Saturday, September 21, 2024

ट्रेन्डिङ :

इन्टरनेट कम्पनीका उपकरणहरु लुटेर लगेकाले फिर्ताको माग गर्दै आईस्पानद्वारा प्राधिकरणमा उजुरी

काठमाडौं- इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाऊँ भन्ने माग गर्दै विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ।

संस्थाले यो उजुरीको बोधार्थ नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पठाएको छ।

भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई समयमा मर्मत सम्भार गर्न अप्ठेरो परेकोले अनलाइन कक्षा तथा बैंकिङ कारोबारका क्षेत्रमा समस्या परेको आईस्पानले उजुरीमा उल्लेख गरेको छ।

नागरिकका लागि गाँस, बास, कपास र इन्टरनेट आधारभूत तथा अति आवश्यक सेवामा परिसकेका र यो सेवाको तार काटेमा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।

आईस्पानले गत भाद्र २ गते नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेशअन्तरगत भरतपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएको भन्दै विज्ञप्ति निकालेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?