Thursday, September 19, 2024

ट्रेन्डिङ :

मोटरसाइकल चोरीको अभियोगमा युवक पक्राउ

मोटरसाइकल चोरीको अभियोगमा ताप्लेजुङका एक युवक परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन् ।

फुङ्लिङ नगरपालिका–४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे९प ८२१० को पल्सर मोटरसाइकल गत २८ चैतमा चोरी भएको थियो । उनले त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिएकी थिइन् ।

शेर्पा शुक्रबार मोटरसाइकलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।

मोटरसाइकल मेरिङदेन गाउँपालिका६ नाल्वो लुकाई राखेको अवस्थामा फेला परेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?