Thursday, September 19, 2024

ट्रेन्डिङ :

माधव नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको खोले पोल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् ।

उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी छ ।

पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले अर्को पार्टी बनाइराखौं, कुनै बेला घोषणा गर्नुपर्छ भनेर पार्टी दर्ता गराएको बताएका हुन् ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत । कलम चुनाव चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ । दोस्रो पुस्ताकै नेताले खोलेका हुन् ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?