प्रोफेसर बन्ने मुख्य उद्धेश्य थियो गोरेबहादुर खपाङ्गी मगरको । प्रोफेसर बनेपछि विद्धान, वुद्धिजीवि अनि राम्रो मान्छे भनेर समाजमा मान्यता पाइने भएकोले त्यही सोंचले अध्ययन गर्न थालेका थिए । आर्थिक अवस्था कमजोरीले तत्कालिन डिएसपी खड्गजित बराल मगरलाई मामा (ससुरा) ले भनसुन गरी इन्सपेक्टरको लागि फर्म भरेर पनि भर्ति हुन र भारतको एयर फोर्समा नाम निक्लिएर अन्तरवार्तामा पास भए पनि गुलामी गर्न गएनन् । कहिले जुट मिल बिराटनगरमा, कहिले सुर्ति विकास कम्पनी जनकपुरमा जागिरे र कहिले रामेछाप गौरीशंकर हाईस्कुलमा हेडमास्टर बनेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सदस्य बने । वामपन्थी राजनीतिको जेलनेल अध्ययनभन्दा राजनीतिक सक्रियताले प्रोफेसर बन्ने तुषारोपात भयो ।
मालेमा पनि जनजातिको सवाल लिएर द्धन्द चुलिएपछि दास बन्नुभन्दा स्वतन्त्र रहनु उचित ठानेर बहुदल स्थापना हुनु अघिनै कम्युनिष्ट परित्याग गरे । एम. एस. थापा मगरसँग मिलेर नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (२०४७) पार्टी स्थापना गरेर राजनैतिक चेतना र अधिकारको लागि अहोरात्र खटे । मगर संघको संस्थापक सदस्यदेखि अध्यक्षसम्म भएपछि ६५ जिल्लाका मगर गाउँघर पुगेका थिए उनी । बाँकी जिल्लाका मगरसंग भेटघाट गरिरहन्थे । भारत, भुटान र बर्माका मगरसंग सम्बन्ध विकास गरेका थिए । विदेशमा स्थायी रुपमा वसोवास गरेका मगरलाई संघ स्थापना गर्न प्रोत्साहित गरेकोले दर्जनभन्दा बढि मुलुकमा संघ स्थापना भयो । मगर मुक्ति र गौरवको विचार सम्प्रेषण गर्न विदेशस्थित मगर संघको कार्यक्रममा चेतना छर्न पुगेका पनि थिए ।
मगरको अवस्था
राज्यको अहिलेको स्वरुप बन्नुभन्दा पहिले मगर राज्यका राजा, रजौटा, मुखिया भई राज्य सञ्चालन गरेको लिखित इतिहास पाउँछौं । कोतपर्व घट्नु पूर्व राजदरबारमा मगर भारदारको पहुँच शक्तिशाली थियो । रानीलाई खोपीमा प्रत्यक्ष भेट्न सक्ने हैंसियत थियो । त्यही भएर प्रोफेसर, डा. बालकृष्ण पोख्रेल भनिरहन्थे, ‘मगरको इतिहास विनाको नेपालको इतिहास अधुरो छ ।’
यही मगरको इतिहासलाई सगौरवकासाथ खपाङ्गीले मगरको मंचवाट धेरैपल्ट मगर गौरवताबारे बोलेका थिए । मगर इतिहास विकृत र मिथ्या लेखिएकोले मगरलाई चेतना भर्न गौरवको इतिहासले दिमाग खलबलाई दिन्थे । गौरवशाली इतिहास बोकेको तिनै मगर घोडाको नाम बिर्सिएर लिदी र घाँस बोकेर भौंतारी हिंडेका मालिक झैं भौंतारीएका मगरको निमित्त पहिला मगर जातीय गौरव र मगर मुक्तिको लागि काम गरेका थिए ।
नेपाल मगर संघ
नेपाल मगर संघ भन्दा पहिले लाङ्घाली (गाउँले) संस्थाको नामले बढि चिनिन्थ्यो । लाङ्घाली भन्दा पहिले चेतनशिल मगरले समाज सुधार, समाज कल्याण र बनभोज, स्थानीय भेटघाट र छलफलको माध्यमवाट संस्थागत विकास गरेका थिए । २०३७ सालमा सूर्यबिनायक भक्तपुरमा भएको लाङ्घाली बनभोजमा पहिलो पटक सहभागी भएर पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै ‘मगरको इतिहास यहाँ च्यातिएको फाटिएको छ । च्यातचुत पारेर कन्तुरमा थन्काइएको छ । र हाम्रो इतिहास आफैले लेख्नुपर्छ हाम्रो जिम्मेवारी यो हो । भोज भतेरमा मात्रै मगर समाजलाई नलैजाउँ । राष्ट्रिय स्तरको संस्था बनाउँ’ भन्ने प्रस्तावित भाषणले सुरेश आले मगर प्रभाबित भएर सो प्रस्ताब त्यहीं नै पारितले राष्ट्रिय स्तरको मगर संघ गठन गर्नमा बुस्टरको काम गरेका थिए ।
पहिलो ऐतिहासिक महाधिवेशन (२०३९) दमौली तनहुँमा भएको बन्दसत्रमा झण्डामा खुर्पेटो राख्ने तर खुर्पेटोमा खुर्पा राख्ने वा नराख्ने भन्ने विवाद भएछ । खपाङ्गी मगरले राख्ने भनेछन् । पछि त बामपन्थीले राख्ने र कांग्रेसहरूले नराख्ने भनेछन् । बाबुराम राना र जयबहादुर हितानहरूले नराख्ने भनेर ढिपी कसेछन् । हलमा एकजना व्यक्तिले ‘पूर्वका मगर प्रतिनिधीहरु कम छन् । तिनीहरूले भनेको कुरा मान्नुपर्छ भन्ने केही जरुरी छैन’ भन्दै खुर्पा नराख्ने भनेछन् । त्यसपछि प्रतिनिधी माझ विचार व्यक्त गर्दै ‘भिडले निर्णय गर्ने हो कि ज्ञान विवेकले निर्णय गर्ने हो रु’ खपाङ्गी मगरले प्रश्न गरेपछि सवैले खुर्पा राख्नेमा थपडी बजाएर समर्थन गरेछन् । तपाइलाई क्षेत्रिय लाञ्छणीक दर्शाउँदै खुर्पा नराख्ने को मगर थिए भनेर मैले एकपटक सोधेको थिएँ । उहाँले आफ्नै शैलीमा हाँस्दै भन्नुभयो, ‘अरु को हो हुनुनी । हाम्रै डा। हर्षबहादुर बूढा मगर हुन् ।’
मगर गौरव
चौथो राष्ट्रिय महाधिवेशन (२०४८) काठमाडौं लाङ्घालीवाट नेपाल मगर संघ भएपछि मगरमा गौरव बढाउन मगरका विभूती, देशका प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न सरकारसंग माग गर्ने निर्णय गरेको थियो । मगरको सभा, सम्मेलनमा लखन थापाको बलिदानी प्रजातान्त्रिक आन्दोलन र तानाशाही एकतन्त्रीय जहाँनियाँ राणा शाषकका प्रवर्तक जङ्गबहादुर राणाविरुद्ध शसस्त्र क्रान्ति गरेर झुण्डाई मारेका थापा देशको पहिलो सहिद हुन् भनेर जनमानसमा वकालत जनपैरवी गरिरहे ।
अन्तर्क्रिया, गोष्ठी, छलफल सहित सरकारलाई ज्ञापनपत्र पटकपटक बुझाए । प्रतिनिधिमण्डलको रुपमा प्रथम सहिद घोषणा गर्न दवाव दिन थाले । बाध्य भएर २०५६ फागुन ११ गते कृष्णप्रशाद भट्टराईको सरकारले १२५ बर्षपछि लखन थापामगरलाई सहिद घोषणा गर्यो । सहिद घोषणाले प्रथम सहिदको नै अपमान गरेकोले प्रथम सहिद घोषणा गर्न दवाव दिन थाल्यो ।
प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले पनि इतिहासकार, रेग्मी रिसर्च सेन्टरको दस्तावेज, प्रतिवेदन प्रमाणस्वरुप पेश गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझायो । संविधान सभा व्यवस्थापिका संसदमा मगर सभासद समुह र समर्थक सभासदको हस्ताक्षर तत्कालिन सभासद शिवलाल थापा मगरले जरुरी सार्वजनिक महत्वको प्रस्ताव र व्यवस्थापिका संसदमा पनि सोही प्रस्तावलाई जोड दिंदै प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाणहरु हुँदा पनि अझसम्म घोषणा नगरिएको प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण जोडकासाथ गरेपछि सरकार बाध्य भयो । प्रधानमन्त्री सुशिल कोइरालाको मन्त्री परिषदले २०७२ असोज ३ गते संविधान जारी गरेको दिननै फितलो निर्णय गरेर १३९ वर्षपछि प्रथम सहिद घोषणा ग¥यो । दुःखको कुरा नेपाल सरकारले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको खपाङ्गी मगरले सुन्न पाउनु भएन ।
लेञ्जा जजा मास्टो मीजा पट्टके स्कूल पढीसाक्के
ईसआस टेम माछान्ले है सेन ड भाक्के‘
छोरा र छोरीलाई स्कूल पढाऔं
लैङ्गीक विभेद कहिलै नगरौं
मगर आदिकविद्धयको यी कविताको हरफ सारगर्वित मन्तव्यको क्रममा उदघोष गरिहाल्थे । गौरवकासाथ भन्थे जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगर मगरको आदिकवि हुन् । जसले मगर भाषामा पहिलो कविता लेखे “मगर भाषाङ ल्हीङ ड टुक्कावौ किताब” कविता संग्रह लेखे । मगर भाषा जीवित राख्न साहित्य सिर्जना गरे ।
भाषाको ज्ञानलाई मगर गाउँघरमा बाँडि हिडे । तर, हाम्रो कलिलो मगर बालबालिकाको मनमस्तिष्कमा आदिकवि भनेको भानुभक्त आचार्य घोक्न लगायो, पढ्न लगायो । आदिकविको सर्त भनेको भाषामा पहिलो कविता लेख्ने व्यक्ति हुन् । त्यसैले भानुभक्तले मगर भाषामा कुनै एउटा कविता लेखेको छैन । कसरी उ मगरको आदिकवि हुन सक्छ उ खस भाषा अर्थात नेपाली भाषाको आदिकवि हुन सक्छ । त्यो पनि विवाद छ भनेर दलिल पेश गर्थे र मगर आदिकविद्धयको मुक्तकण्ठले प्रशंसा गर्दथे । पाँचौ राष्ट्रिय महाधिवेशन (२०५१) घोराही दाङमा मगर आदिकवि घोषणाले सम्मान गरेको दिन खपाङ्गी मगर धेरै खुशी भएको मैले देखेको थिएँ ।
जातीय मुक्ति
‘डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन पीर पर्यासी‘ ’
गायक कुमार बस्नेतले गाएको गीत धक फुकाएर गाउँने सौन्दर्यको वर्णनले अपमान गरेको थाहा नपाउने मगरलाई मगर महिलाको सौन्दर्यप्रति अपमान गर्नु जातीय अपमान हो भनेर खपाङ्गी मगरले भाषण गरेको एक महिनापछि बुटवलमा आयोजित सांगीतिक कार्यक्रममा मगर युवाहरुले कुमार बस्नेतलाई माफी माग्न लगायो र रेडियो नेपालमा गीत प्रतिबन्ध गर्न दवाबले गीत बज्न छोड्यो र अहिलेसम्म सञ्चार माध्यमवाट बजेको छैन । प्रविणता प्रमाणपत्र तहमा भिमनीधि तिवारीको शिलान्यास नाटक अध्ययनले मगरको अपमानित गरेको र मगर विद्यार्थीहरुमा हिनतावोधको असर परेको कुरालाई उनले सामाजिक मुद्धा बनाएपछि पाँचौ राष्ट्रिय महाधिवेशन (२०५१) घोराही दाङमा मगरले शिलान्यास नाटक पहिलो पटक जलाए । धेरै ठाउँमा जल्यो र विश्वविद्यालयको कोर्षवाट पनि हटायो । समाजशास्त्रीले भन्दा पहिलानै जातीय समस्या देखेका खपाङ्गीले हिन्दु धर्मको दलदलमा फँसेका मगरलाई निकाल्न मगर मुक्तिका लागि गरेको केही प्रयत्नहरु निम्न छन् ।
थरको पछि मगर जाति
मगरको कोखवाट जन्मिनु अभिसाप जस्तै ठान्ने मनोवृत्तिका मगरले प्रत्यक्ष मगर भन्न ठुलो हिम्मत गर्नु पर्दथ्यो । अधिकांश मगरले थर–उपथर मात्र लेख्थे जाति लेख्दैन थिए । यसको पछाडि नेपाली समाजको विभेदपूर्ण जातव्यवस्था प्रमुख कारक अर्को मगरको पराजित मानसिकता थियो । “मगर जातिका कैयन थर–उपथर अन्य जातिका थर–उपथरहरुसंग मिल्ने भई भ्रम उत्पन्न हुने भएकोले तथा मगर जातिका थर–उपथरहरु पनि थुप्रै हुने हुनाले को मगर रु को अमगर भन्ने स्पष्ट नहुने भएको हुँदा अब उप्रान्त आफनो नाम तथा थर–उपथरपछि मगर शब्द अनिवार्य थप्न सम्पूर्ण मगरहरुलाई यो दोस्रो राष्ट्रि«य महाधिवेशन जोडदार आव्हान गर्दछ ।” (लाङ्घाली, मुखपत्र बर्ष ५ पूर्णाड्ढ २, २०४४ कार्तिक) भनेर प्रस्तावको माहोल सिर्जना गरेका थिए गोरेबहादुर खपाङ्गी मगरले ।
दशैं परित्याग
नेपालमा जातिवाद छ । त्यो जातीवाद भनेको ब्राम्हणवाद नै हो । ब्राम्हणबाद निख्खर रूढिवादीको पराकाष्ठा थियो । नेपालगञ्जको तेस्रो महाधिवेशन (२०४५) ले दशै परित्यागको निर्णय पारित गराएपछि मगरलाई सचेत गराउन दशै परित्याग ठूलो कडि थियो । दशै परित्याग मुद्धालाई प्रमुख मुद्धा बनाएर जोडले आव्हान गर्नेमा गोरेबहादुर खपाङ्गी मगर र सुरेस आले मगर थिए । उनीहरुले बाहुनलाई दशैं छोड भनेनन् मगरलाई मात्र दशैं मान्न छोड परित्याग गर्दै जाउ भनेका थिए । दशैं परित्याग र बहिस्कारको विषयमा बुझाउन धेरै समय खर्चेका थिए । दशैं परित्यागको प्रभाव भुसको आगो झैं फैलिएपछि महान चाडको रुपमा मानिरहेका अधिकांस मगरहरुले परित्याग गर्न थाले । हिन्दु संस्कार अपनाएका मगरले दशैं मान्न छोडेन ।
पार्टीवाट मन्त्री बनेका गोरेबहादुर खपाङ्गी मगरले राजाको हातबाट टिका लगाएपछि राष्ट्र«घाती काम गरेजस्तै केही मगरहरुले मिडियामा ठुलो फोटो छापेर रातारात प्रचार गरे भने केही मगरहरुले पूनः दशैंमा टिका लाउन शुरु गरे । केही मगर विद्धानले दशैं मगरको चाड हो भनेर भ्रामक विद्धता पस्कन थाले । उनी मन्त्री नियुक्त मगर संघको अध्यक्ष भएर होकी पार्टीको नेता भएर हो दशैंमा उनले लगाएको टिका राजनैतिक हो की रु सांस्कृतिक रु केही नखुट्टाई यो बारेमा कसैले बोलेका छैनन् । हाम्रो अवचेतन अहिले पनि भुरा र चेपागाँडा एउटै देख्ने मानसिकता बोकेर बाँचेका छौं । दशैं परित्यागको निर्णयले मगर राष्ट्रि«य पर्व माघे सकराती स्थापना भएको छ ।
मगर कर्मकाण्ड
प्रायशः मगरको नाम हिन्दु देवी देवताको छ । बाहुन पुरेतवाट गराइने कर्मकाण्डले मानसिक दास र हिन्दु संस्कारको चरम प्रभावले आप्mनो अस्तित्व गुमाएका थिए । साँस्कृतिक पूनर्योजन र अस्तित्वको लागि खपाङ्गी मगरले जन्मदेखि मृत्युसम्म मगर कर्मकाण्ड र मगर कुटुम्बवाट गर्न मगर संघवाट निर्णय गराएपछि ब्राम्हणवाद लादेर बाहुनले मगरलाई कसरी शोषण गरेको छ भनेर चेतनाको विगुल फुके । बच्चा पाउने मगर नानी नाम राख्ने लुरे पुरेत बाहुन, नाम राख्ने अधिकार पनि बाहुनलाई दिएपछि शोषण गरेको कसरी थाहा पाउँछन भन्दै मगरलाई चेतनाको तिखो भालाले छेंड्न थाले ।
दिनमा एक लाख मगरले कर्मकाण्ड गरेबापत बाहुन पुरेतलाई रु. ५०० दान दिइयो भने पनि ५ करोड रकम दान गर्दो रहेछन् । अनि मगर आर्थिक रुपले गरिब, सामाजिक रुपले दास, हिनताबोधले बाँचेपछि कसरी अघि बढ्न सक्छ रु सामाजिक शोषणको उत्खनन् गरेको कारण धनकुटा र रामेछापको बाहुन पुरेतले मगर गाउँ छोडेर हिंडे । मिडियाको गलत दृष्टिकोणले गोरेबहादुरले बाहुन लखेट्यो समेत भनेर प्रचारबाजी गरेको थियो । सामाजिक कार्यमा पूनः कुटुम्बको प्रवेशले छोराछोरीको नाम मगर भाषामा शरिरमा मगर भेषभुषाले स्थान पाउन थाल्यो । कुटुम्बप्रति सम्मान मबाट हामी मगर हौं भन्ने भावनाको तिब्र विकास भयो । यसको श्रेय खपाङ्गीनै हुन् ।
मगर बौद्ध धर्म
बहुदल आइसकेपछि सिओल युर्निभर्सिटी कोरियाका प्राध्यापकले खपाङ्गी मगरलाई ‘मगरको धर्म के हो’ भनेर सोधेछन्
‘मगरको धर्म हुदैन’ भनेछन् । ‘किन’ भनेर सोधेछन् । ‘धर्म भनेको त पापको उल्टो हो । मगर जातिले पापनै गर्दैन भने धर्म किन खोज्नु प¥यो ?’ जवाफले प्राध्यापक सा¥है खुशी भएर ‘म मेरो विद्यार्थीलाई यही बताउँछु’ भनेर हिंडे छन् ।
मगरमा विविधता छ । भाषिक हिसावले बौद्ध धर्म र परम्परागत संस्कार र अधिकांश मगरहरुले चाहिं आयातित हिन्दु धर्म मान्ने गर्दछन् । मगरको संस्कृति, संस्कार र परम्पराको हिन्दु धर्मसंग कुनै मेल छैन । धर्म भनेको जीवन पद्धतिलाई समुचित ढंगले अगाडी बढाउने दर्शन हो । त्यसैले जातिको धर्म निक्र्यौल गर्नु अपरिहार्य नै भएकोले खपाङ्गीले कर्तव्य निर्वाह गर्दै हिन्दु धर्मको चंगुलवाट मुक्त गर्न नेपाल मगर संघले २०५५ असोज १, २ र ३ गते बिर्तामोड झापामा मगर संस्कार र धर्म सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी गर्यो ।
गोष्ठीमा प्रस्तुत कार्यपत्रमध्ये एमएस थापा मगरको कार्यपत्रमा व्यापक छलफल भयो । निचोडमा मगर जाति अन्य धर्मभन्दा भाषा र संस्कृतिको दृष्टिकोणले बुद्ध धर्मसंग बढी सामिप्यता रहेकोले बौद्ध धर्म मान्नु उपयुक्त तर्कलाई सर्वसम्मतले पारित गरेको थियो । केन्द्रीय समितिको अनुमोदनले धरानको सातौं राष्ट्रिय महाधिवेशन (२०५७) बाट पारित भएपछि बौद्ध धर्म मगर जातिको आधिकारिक र धर्मको अन्योलता सदाको लागि अन्त्य र व्यक्ति मगरलाई धर्म मान्न स्वतन्त्रता दियो । बौद्ध धर्म लाद्यो । धर्म भनेको नितान्त व्यक्तिगत स्वतन्त्रता हो भन्ने आरोपप्रति ‘जबसम्म जातिको धर्म निक्र्यौल हुँदैन अथवा स्थापित छैन तबसम्म धर्म मान्नु व्यक्तिको स्वतन्त्रता हो भन्ने वाक्यको अर्थ छैन’ भनेर धर्म लादेको लाञ्छनाप्रति खपाङ्गी मगर वहस गर्थे । २०५८ सालको जनगणनामा उनको नेतृत्वमा देशव्यापी अभियानले २४ प्रतिशत मगरले बौद्ध धर्म लेख्यो । सय भन्दा बढि विहार निर्माण भएको छ । कथित हिन्दु भएर जन्मेता पनि बुद्धिष्ट भएरै मरेका उनी मगर मुक्तिका मोक्षकर्ता थिए । तर, वर्तमान केन्द्रीय समितिको केही पदाधिकारीको बच्कना निर्णयले २०६८ को जनगणनामा धर्मको महलमा बौद्ध र प्रकृति धर्म लेख्न नमूना ढाँचा सर्कुलरले नेतृत्वको अक्षमता प्रष्ट झल्केको छ ।
जातीय अधिकार
कम्युनिष्ट पार्टीले मेट्न नसक्ने गरी मगजमा बर्गिय चिन्तन मात्र कुंदेर राखेकोले जातिवादी कुरा गर्न त के सुन्न पनि मन नलाग्ने खालका थिए । मगरले आयोजना गर्ने पिकनिक कार्यक्रम साम्प्रदायीक ठान्थे । युनिभर्सिटीमा पढ्दा साथीहरूले मगरको पिकनिकमा जान कर गर्दा पनि जादैनथे । तिनै कट्टर कम्युनिष्टको मनमा कसरी जातीय चेतना विकसित भयो उनले आफ्नो फेसबुक आत्मकथा मगरमाला श्रृङ्खलामा लेखेका छन्– एकदिन मैले पढाइरहेको गौरीशंकर हाइस्कूल रामेछापमा आधादिन हिंडेर एकजना वृद्ध मलाई भेट्न आउनु भयो । गोजीवाट दुइवटा गुहारु, मिरु (अण्डा) झिकेर टोपीमा राख्दै टेबलमा राखिदिनु भयो ।
उनको चाउरिएको अनुहार, फुल्दै गरेको केश, फाटेको ठाउँमा टालेको कपडा, खाली खुट्टा भएपनि खुसी देखिनुहुन्थ्यो । गुहारुतर्फ देखाउँदै किन यो ल्याउनु भो ? म के सहयोग गरौं भनेंर सोधें । खुशी हुँदै केहि सहयोग गर्नु पर्दैन । सर हाम्रो जिल्ला रामेछापमा पहिलोचोटी मगर ठुलो मान्छे भएर आएकोले तपाईंलाई भेट्न आएको हुँ । मगर परम्परामा ठुलो मान्छे भेट्न जाँदा खाली हात अशोभनीय हुने भएकोले घरकै गुहारु कोसेली लिएर आएको छु । वृद्ध मगरको हार्दिकताले गोरेबहादुर खपाङी मगरलाई प्रभावितमात्रै पारेन, आफ्नो समुदायमा फर्कनसमेत बाध्य बनायो । रातभर मगर वृद्धको अनुहार र मगर जातिको तस्विरले पच्छाइरहेको त्यो घटना उहाँले हामीलाई धेरैपटक सुनाएका थिए ।
वाल्यकाल रामनगर महोत्तरीमा क्षेत्रीको बच्चाहरुसंगै खेलेर हुर्केता पनि ब्रतबन्ध गरेपछि क्षेत्रीका तिनै साथीहरु तर्किने र संगै बस्न नदिएपछि मनमा चस्का पसेको थियो । दश बर्षको उमेरमा गाउँको ठूली आमाको छोरा दाइसँग पुर्व गाँउ घुम्न जाँदाको घटना सम्झेछन्– एउटा घरमा बास बसेकोले राती खाना खान दिएछन् । सानै भएकोले खाना खाएर उठेछन खपाङ्गी ‘ए भाइ हामी त मगरको जुठो भाँडा माझ्दैनौ तिमीहरूको भाँडा आफै माझ्नु है ।’ दाजु भाइले खाएको थाल माझेछन् ।
त्यो घटना मनमा विझेको रहेछ । गाउँमा मदनसिंह भेनाको भाउजुको घोंटमा कुसमाडीको खतिवडा बाहुनलाई कर्मकाण्ड गर्न बोलाएको रहेछ । दानको लागि जीवित हुँदा पहिरिए जस्तो नयाँ लुगा मागेछन् । पलङ पनि नयाँ मागेछन् । माग्नु पर्ने सबै नयाँ नयाँ कुराहरू मागेछन । त्यही बेला उनले ‘ए पुरेत, मेरो दिदी त जाँड नखाउ भन्दा पनि जबरजस्ती खाएर मरेको हो । उसलाई त जाड नभई हुँदैन । एक डबका जाड पनि ल्याइदेउ पुरेतलाई दिनुप¥यो । मेरो दिदीलाई लगिदिन्छ कि रु’ भन्दा पुरेत चुप बसेछन । पहिलो चोटी दुःखको क्षणमा पनि बाहुन पुरेतले गरेको भावनात्मक शोषणप्रति प्रतिकार गरेका घटनाहरु मानसपटलमा आउन थालेछ । मगर संघको मंचवाट मगरलाई स्वर्ग पु¥याउने मिथ्या शोषणको भण्डाफोर मात्र गरेनन् बाहुनहरुको कर्तुत छताछुल्ल नै पारी दिए ।
अमेरीकावाट एकजना प्रोफेसर नेपाल आएको बखत एउटा कार्यक्रममा खपाङ्गी मगरलाई पनि बोलाएको थियो । नेपालको जातीयताको बारेमा अमेरीकन विद्यार्थीहरूलाई लेक्चर दिनुपर्ने दुई घण्टाको समयमा एक घण्टा लेक्चर र एक घण्टा सवाल जवाफ थियो । ति विद्यार्थीहरूले ‘बाहुन र मगर विच के फरक छ’ भनेर सोधेछन् ‘मगरले सुगुर पाल्छ तर बाहुनले कुकुर पाल्छ । मगरको छोराछोरी सुगुरको बच्चासँग खेल्छ । बाहुनको छोराछोरीे चाहि कुकुरको बच्चासँग खेल्छ । मगरले सुगुरको मासु खान्छ तर बाहुनले कुकुरको मासु खादैन ।’ भनेर जवाफ दिएछन् ।
माले पार्टीको निर्देशनमा खुल्ला रुपमा देखिने भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका सचिव पूर्णकालिन र भुमिगत रुपमा संचालित बन्दी सुचना केन्द्रको सदस्य थिए । पार्टीले विदेश सम्बन्ध स्थापित गर्न सम्मेलनमा प्रतिनिधीहरु पठाउथे । उनलाई कहिल्यै थाहा नहुने । ’तिब्र जातीय अन्तरविरोध भएको मुलुकमा सुकुम्वासी, सर्वहारा वर्गका भएतापनि भिन्न–भिन्नै जातिहरुको समाजमा वर्गीय एकता कायम हुन सक्दैन ।‘‘।।’जातीय अन्तरविरोध समाप्त भएपछि पुंजीवादको विकासमा मात्र वर्ग संघर्ष हुन्छ ।‘ -लेनिन संकलित रचना भाग–६० लेनिनको जातीय समस्या समाधानको विचार वारे छलफल र पार्टीमा पीडित जातिहरुवाट पोलिटव्यूरो नभा केन्द्रीय सदस्यमा राख्न प्रस्ताव राखेका थिए । यो साम्प्रदायिक प्रस्ताव भयो जेल जानुपर्छ, नेल खानुपर्र्छ अनि पो प्रतिनिधित्व पाइन्छ भनेछन नेताहरुले उनलाई । मोदनाथ प्रश्रितले पनि त्यसै भनेपछि ‘तपाई पो जेल पर्नु भाछ खोई माधव नेपाल जेल परेका छन् ।
मदन भण्डारीनै जेल परेका छन्‘ त भनेर जवाफ दिएछन् । फलत जिम्मेवारी विहिन बनाइयो । प्ररामञ्चको केन्द्रिय सचिव भएपनि बैठकमा बोलाउन छाडेछन् । थाहा नदिइकन प्ररामञ्चको अधिवेशन गरेछन् । शुरूमा कम्युनिष्ट पार्टीको सबै इमान्दार देखेको नेताहरू मदन भण्डारी, माधव नेपाल, मोदनाथ प्रश्रितमा कम्युनिष्टभन्दा ब्राम्हणबाद देखेपछि जातीय समस्यावारे मौन बसेकोले २०४५ साल अन्तदेखि पार्टीवाट अलग भए । बहुदल आइसकेपछि जनमञ्च पत्रिकामा ‘नेकपा माले भन्ने पार्टीमा बाहुनहरूको बर्चश्व रहेछ‘ भनेर अन्तरवार्ता दिएपछि औपचारिक रूपमा नै नेकपा मालेबाट बाहिरिएका थिए । त्यसपछि एमएस थापासँग मिलेर नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (२०४७) पार्टी गठन गरेपछि पार्टीको महासचिव बने ।
नेपाल मगर संघको अध्यक्ष र पार्टीको महासचिव खपाङ्गी मगरले नेपालको प्रमुख समस्या जातीय नै हो । आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम र अल्पसंख्यकलाई राज्यको हरेक क्षेत्रमा आरक्षणको व्यवस्था र जातीय जनसंख्याको आधारमा राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने राजनैतिक मुद्धालाई प्रमुख बनाए । संस्कृति बनि सकेको लाहुरे प्रथाप्रति आदिवासी जनजाति युवाको मोहलाई कटाक्ष गर्दै भन्थे, बुद्धले भनेका छन् दुःखको मुहान तृष्णा हो । नेपाली राजनीति सुखको मुहान सिंहदरबार हो । जुनसुकै व्यवस्थामा पनि ऐन, कानुन, नीति नियम नश्लीय भएकोले सत्ताको नौनी एउटै जातिले उपभोग गरिरहेका छन् । राजनीतिमा जागरुक बन्न प्रोत्साहन गर्थे । तर, हाम्रो आदिवासी मगर युवाहरु दुइसय बर्षदेखि सिंहदरबारभन्दा पनि भारत, बेलायत र सिङापुर रफ्तारमा दौडिरहेकोले खपाङ्गी बारबार भनिरहन्थे– अब सिङ्गापुर होइन सिंहदरबार छिर ।