Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

सरकारबारे ओलीको टिप्पणी: देश र जनताको लागि बोल्न नसक्ने यो सरकार स्याल जस्तो हो !

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारलाई ‘बनको स्याल’सँग तुलना गरेका छन् ।

आज (मंगलबार) पोखरामा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘यो सरकार घरको बाघ बनको स्याल, घरमा आएपछि बाघ पल्टिने बाहिर निस्केपछि स्याल ! यो सरकार त्यस्तै हो ।’

‘राष्ट्रियताको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा बोल्नुपर्यो भने यो सरकार स्याल जस्तो हुन्छ । जनतासंग व्यवहार गर्नु पर्यो भने आक्रामक बाघ जस्तो हुन्छ ।’ उनले भने ।

अध्यक्ष ओलीले यो अलोकतान्त्रिक सरकार रहेको बताएका छन् । ‘यो अलोकतान्त्रिक सरकार हो ।, अलोकतान्त्रिक ढंगबाट बनेको गैर जिम्मेवार अलोकतान्त्रिक सरकार हो । जो देशका लागि जनताका लागि बोल्न सक्दैन’, उनले भने ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?