काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसना (एमसिसी)विरुद्ध आन्दोलन घोषणा गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले भदौ २८ गते काठमाडौंमा बृहतसभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसिसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसिसीका कार्यक्रम तय गरेको छ।
सरकारले यसै साता संसदबाट एमसिसी पारित गर्न षड्यन्त्र गरेको भन्दै वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि आन्दोलित बनेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ।