Friday, September 20, 2024

ट्रेन्डिङ :

एमालेले संविधानको कुरा गर्नु लाजमर्दो विषय : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।

‘उहाँहरु (एमाले सांसदहरु)ले संविधान र कानूनको कुरा गर्नु पनि लाजमर्दो कुरा हो,’ नेपालले संसद भवन नयाँबानेश्वर परिसरमा पत्रकारहरुसँग भने ।

एमालेले माधव नेपालसहित एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न गएका १४ जना सांसदलाई पार्टी दर्ता नहुँदै कारबाही गरेको थियो । तर, उक्त कारबाहीलाई सभामुखले रोकेर राखेको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ती १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ ।

बुधबार एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्ने नारा नै लगाएको थियो । यसबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘हामी निर्वाचित भएका सांसद हौं र, संविधान र कानून वमोजिम वैधानिक छौं ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?