Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

नेकपा- एस निकट युवा संघले ‘महिनाको दुई दिन दुई घण्टा मेरो राष्ट्रको लागि’ अभियान संचालन गर्ने

spot_img
spot_img

काठमाडौं, १२ असोज

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउने भएको छ ।

गत ७ र ८ असोजको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारका लागि दुई महिने अभियान संचालन गर्ने अध्यक्ष नरेश शाहीले जानकारी दिए । अभियानकै क्रममा एक लाख ५० हजार नयाँ सदस्य बनाइने उनले बताए ।

उनका अनुसार ७७ वटै जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला गरिनेछ ।

बैठकले कमिटीहरू गठन तथा पुनर्गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, अभियानलाई सफल पार्न ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना र ७७ वटा जिल्लामा ७७ जनाका दरले सात प्रदेशमा सात जनालाई सम्बन्धित कार्यक्षेत्रमा उपस्थित भई अभियानमा परिचालित हुने गरी जिम्मेवारी प्रदान गर्ने तथा सम्बन्धित कार्यक्षेत्रमा पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

अध्यक्ष शाहीले युवा संघका अब हुने कार्यक्रममा खादा, माला, फूल, गुच्छा प्रयोग नगर्ने निर्णय गरेको पनि बताए ।

युवा संघले अबदेखि हरेक कार्यक्रम तोकिएको समयमा हुने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरू नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले विधानको मस्यौदा पारित पनि गरेको छ । नयाँ प्रस्तावित विधानमा नेपाली राजनीतिमा युवा उपस्थितिको संख्या बढाउन र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न तथा संघका सबै कमिटीहरूमा कम्तीमा एक चौथाइ २५ वर्षभन्दा कम उमेर समूहका युवालाई संगठित गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले युवाहरूलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउनका लागि ‘महिनाको दुई दिन, दुई घण्टा मेरो, राष्ट्रको लागि’ भन्ने अभियानसमेत संचालन गर्न लागेको महासचिव दीपक जीएमले जानकारी दिए ।

युवालाई उत्तरदायी बनाउने तथा समाजमा रहेका सबैखाले समस्याका विरुद्ध युवा परिचालन गर्ने उद्देश्यले उक्त अभियान संचालन गर्न लागिएको उनले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?