Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु

spot_img
spot_img

जनता समाजवादी खोटाङले सुज (संगठन सुदृढिकरण तथा जनजागरण) अभियान सुरु गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीतिअनुसार जनता समाजवादीले जिल्लामा ‘सुज’ अभियान सुरु गरेको हो ।

बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले मातहतका समिति गठन/पुनर्गठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि ‘सुज’ अभियान थालिएको जानकारी दिए ।

‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ । जिल्लामा ‘सुज’ अभियानका लागि केन्द्रीय कार्यकारीणि सदस्य पर्शुराम बस्नेतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

वरिष्ठ नेता अशोक राईको उपस्थितिमा १७-२० असोजसम्म केपिलासगढी गाउँपालिकामा र २१-२२ असोजमा हलेसी तुवाचुङ नगरपालिकामा ‘सुज’ अभियान सञ्चालनको तयारी गरिएको जसपाले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?