काठमाडौं । नेपाल सरकारले एकैपटक ४४ उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय लगायत अन्य निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेकाे हाे ।
सरुवा हुने उपसचिवको सूचीमा अन्य निकायबाट १६ जना उपसचिव गृह मन्त्रालय तानिएका छन् भने गृह मातहतका १६ उपसचिव अन्य निकायमा पठाइएका छन् । गृह बाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।