Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

एनभीए भलिबल : फाइनल समीकरण पूरा

spot_img
spot_img

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मी क्लब विजयी भएसँगै च्याम्पिनसिपको फाइनल समीकरण पूरा भएको हो ।

पुरुषतर्फको फाइनल खेलमा उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् ।

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको पुलिस क्लबलाई भारतीय राष्ट्रिय भलिबल टोलीका खेलाडी सम्मिलित हेल्प नेपालले सोझो सेटमा पराजित गरेको हो ।

भारतीय ओलम्पिक टोलीका कप्तान विनित कुमार (चौधरी)सहित तिन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिसलाई २५-१७, २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्‍यो ।

यता, पुरुषतर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमै पराजित गर्‍यो । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको आर्मीले एपीएफलाई २५-१७, २५-१७ र २५-१९ सेटमा पराजित गर्‍यो । आर्मीका मानबहादुर श्रेष्ठ, ईश्वर थापा, राजेन्द्र विष्टलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यता, महिलातर्फको फाइनल खेलमा विभागीय एपीएफ र न्यु डायमण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहान भएको महिलातर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।

दुवै फाइनल खेल र तेस्रो स्थानको खेल भोलि (शनिबार) हुनेछन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?