Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

फिलिपिन्समा ‘ड्रग वार’ चलाएका राष्ट्रपति डुटेर्टेले लिए राजनीतिबाट सन्यास, छोरीलाई अघि सार्ने आंकलन

spot_img
spot_img

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । २०१६ मा निर्वाचित भएका डुटेर्टे ६ वर्षे कार्यकाल सकिनै लाग्दा सन्यासको घोषणा गरेका हुन् । आफ्नो कार्यकाल सकिएपछि डुटेर्टे राजनीतिबाट रिटायर्ड हुनेछन् ।

डुटेर्टेले यसअघि अगस्टमा आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने बताएका थिए । सन् २०१६ मा फिलिपिनी डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति निर्वाचित डुटेर्टेको कार्यकाल सन् २०२२ सम्म रहेको छ । मनिलामा उनको उम्मेदवारीको अपेक्षा गरिएको बेला अप्रत्याशित रुपमा सन्यास लिने घोषणा गरेका हुन् ।

आफ्नो कार्यकालमा रोड्रिगो लागु औषधविरुद्धको अभियानका कारण चर्चामा आएका थिए । उनको कार्यकालमा यस अभियानलाई ‘कोल्ड ड्रग वारक’को संज्ञा दिइएको थियो । यसअभियानअन्तर्गत ८ हजारभन्दा बढी मानिस मारिएको तथ्यांक छ । डुटेर्टेले नियतवश धेरै निर्दोष व्यक्तिको पनि हत्या गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले फौजदारी अभियोगसमेत लगाएको छ ।

फिलिपिन्सको संविधान विपरीत हुने भएकाले उपराष्ट्रपतिको दौडबाट डुटेर्टे पछि हटेको बताइन्छ । अब उनकी छोरी सारा डुटेर्टे कार्पियो राष्ट्रपतिको उम्मेद्वार बन्ने आँकलन गरिएको छ । कार्पियो हाल फिलिपिन्सको साउथर्न सिटी दबाबकी मेयर छिन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?