Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

परिवर्तनका लागि गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प छैन : नेता निधि

spot_img
spot_img

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताउनुभएको छ ।

गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उहाँले विसं २०६२÷६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताउनुभयो । विसं २०७४ को निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै उपसभापति निधिले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने जानकारी दिनुभयो ।

“सरकार गठन भएको ८१ दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता नपाउनु कांग्रेस, गठबन्धन दल र देशकै लागि चिन्ताको विषय हो, ढिला भयो, अब मन्त्रिमण्डलले छिटो गरी पूर्णता पाउनुपर्छ”, उहाँले भन्नुभयो । अहिंसा एवं शान्तिका माध्यमबाट भारतमा स्वतन्त्रता, भारतीय सुरक्षा प्रणाली बलियो बनाउन र आर्थिक विकास गर्नसमेत नेपालको सहयोग रहेको उल्लेख गर्नुहुँदै नेता निधिले भारतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले विगत तीन वर्षमा संस्थागतरूपमा ठूला भ्रष्टाचार एवं अनियमितताका घटना भएको उल्लेख गर्नुहुँदै ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल ट्रष्टको जग्गा लिज प्रकरण, वाइडबडी, रेल खरिदजस्ता विषयमा छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा समिति गठन गर्न सरकारसँग माग गर्नुभयो ।

सरकार, पार्टीलगायत संस्थालाई विधिविहीन तरिकाले चलाउनु पनि हिंसा भएको उल्लेख गर्नुहुँदै उहाँले कानुनको शासनअनुसार देश चलाए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताउनुभयो । पार्टीको आगामी १४औँ महाधिवेशनले नीति प्रधान दलका रूपमा कांग्रेसलाई स्थापित गर्ने उहाँको विश्वास थियो ।

पूर्वमन्त्री होमनाथ दाहालले लोकतन्त्र बचाउन सक्ने नेतृत्व पार्टीको १४औँ महाधिवेशनले निर्वाचित गर्ने बताउनुहुँदै ऐन नबनी रेल किनेर वर्ष दिनसम्ममा त्यसका सबै सामान चोरी हुने अवस्थामा पु¥याएको घटनाका विषयमा छानबिन गर्न माग गर्नुभयो ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद भट्टराईले नेपालको वर्तमान प्रणालीले भ्रष्टाचार बढाउनेमात्र काम गरेकाले सांसद विकास कोष, उपभोक्ता समितिका माध्यमबाट हुने कामका विषयमा पुनःविचार गरिनुपर्ने विचार राख्नुभयो । रु १० मा हुने काम उपभोक्ता समितिले रु ५० मा गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले यसले संस्थागतरूपमा अनियमितता बढ्दै गएर नागरिक असन्तुष्ट हुन थालेको बताउनुभयो ।

डेमोक्र्याटिक लयर्स एशोसिएशनका महासचिव लक्ष्मी दाहालले गान्धीले अहिंसा, सरलता र स्वतन्त्रता तीन सूत्रमा गर्नुभएको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घले उहाँको जन्मजयन्तीका अवसरमा २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा घोषणा गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्वतन्त्रता स्थापनाका लागि शान्ति एवं अहिंसाको बाटो नै उपयुक्त भन्ने गान्धीवादी विचारको सान्दर्भिकता आणविक होडबाजीको युगमा पनि उत्तिकै बढेको बताउनुभयो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?