Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

एमाले विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाएर सकिन्छ : डा. वेदुराम भुसाल

spot_img
spot_img

नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले गठबन्धनका नेताहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा मन्त्रिपरिषद्‍ विस्तारमा ढिलाइ भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव भुसालले मन्त्रालय टुंगो लाग्नेबित्तिकै दलहरूले मन्त्रीको नाम दिने बताएका छन् ।

उनले भने, ‘सरकार विस्तार छिट्टै हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ । अहिले हाम्रो अध्यक्ष बिरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो ।’

भुसालले अहिले अर्ली ईलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका छन् । त्यसो गरे त्यो असंवैधानिक हुने उनले बताए ।

‘सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ । यो बाहिर चलाइएको हल्ला हो । अहिले अर्ली–ईलेक्शनमा जाने स्थिति छैन । जाने मनस्थिति भएको पनि मैले देख्दिन,’ उनले भने ।

त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् । उनले भने,‘त्यो गतिविधिले एमाले नाँग्गिएको छ । सदन सुचारु गर्नेबारे हामी गठबन्धनको बैठक बसेर निर्णय लिन्छौं । तर, अहिले पहिलो कुरा सरकार गठन हो ।’

उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको टिप्पणी गरे । उनले भने,‘यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पनामात्रै हो ।’ भुसालले अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको बताए ।

एक फरक प्रसंगमा बोल्दै उनले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिएका छन् । उनले भने,‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौं रकम पैसा खर्च गर्ने । र, त्यहाँ मोजमजा गर्ने थलो बनाइएको छ । त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो । त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ ।’

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?