प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । ‘अरुभन्दा महत्वपूर्ण मन्त्रालय हो ।
त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४-४ मन्त्रालय पाउने भएका छन् । समाजवादीले २ राज्यमन्त्री पनि पाएको छ ।