Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति?

spot_img
spot_img

सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरूले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्। 

बिहीबारसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन्। बैंकहरूले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ। 

लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ। बैंकले सेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ। 

बैंकहरूको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ। बैंकहरूले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन्। 

विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन्।

कुन बैंकको कति?

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ। 

यस्तैगरी, कुमारी बैंकले सेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन्। 

दसैँमा लाभांश नपाउने

बैंकहरूले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैँपछाडि मात्र लाभांश पाउने भएका छन्। विगतका वर्षमा केही वाणिज्य बैंकहरूले दसैँ अघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन्।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरूले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो। ‘यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्‍यो। यी व्यवस्थाले बैंकहरूले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ आगाडि सेयरधनीलाई लाभांश दिन सकिएन।’ दिपावली आसपासमा सेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ। 

हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन्। साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका सेयरधनीले लाभांश पाउनेछन्। 

विकास बैंकमा कामना पहिलो

सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ। बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो। रासस

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?