Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय

spot_img
spot_img

सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की सरकारकै प्रवक्ता रहेका थिए । आजदेखि उनलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अबदेखि मन्त्रिपरिषद्का निर्णय व्यवस्थित रूपमा संचार मन्त्रालयमा सार्वजनिक गरिने प्रवक्ता कार्कीले बताए ।

बैठकले सार्वजनिक खर्चलाई मीतव्ययी, प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरेको छ । यस्तै, २५ भदौमा गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?