Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रहरी र सीआईबीका अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन, तल्लो दर्ताकालाई ‘तँ’ शब्दको प्रयोग नगर्नु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई बोलीचालीको भाषामा ‘तँ’ शब्दको प्रयोग नगर्न निर्देशन दिनुभएको छ । संगठनमा बोलचालमा माथिल्ला पदमा भएका तल्लो पदमा भएकाले ‘तँ’ भनेको सुनिएको बताउँदै उहाँले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिनु भएको हो ।

मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा पनि सञ्चालन गर्न गृहमन्त्री खाँणले निर्देशन दिनुभएको, प्रहरीले जनाएको छ । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनालको सहभागिता रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?