Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

कपिलवस्तुका अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट

spot_img
spot_img

कपिलवस्तु, १२ कात्तिक

लुम्बिनी प्रदेशका अस्पताल मध्ये न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्याङ्कन अनुसार कपिलवस्तुका अस्पताल सर्वोत्कृष्ट छानिएका छन् । अस्पतालबाट प्रदान गरिने सेवा, व्यवस्थापकीय पक्ष, अस्पतालको अवस्था र सुविधा गरी ३१ वटा सूचकको प्राप्ताङ्कका आधारमा मूल्याङ्कन गरिएको थियो ।

सूचक अनुसार कपिलवस्तु आयुर्वेद अस्पताल तौलिहवा आयुर्वेदको विधामा प्रदेश प्रथम भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ११ आयुर्वेद अस्पतालको मूल्याङ्कनबाट कपिलवस्तु अस्पताललाई सर्वोत्कृष्ट घोषणा गरेको थियो ।

यसैगरी प्रदेश भरीका १३ अस्पताल मध्ये कपिलवस्तु अस्पताल दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । गत वर्ष ५० शय्यामा स्तर उन्नति भएसँगै गुणस्तरीय सेवा प्रदान गर्दै आएकोले अस्पताल प्रति विश्वास बढेको अस्पतालका मेडिकल अधिकृत गणेश क्षेत्रीले बताए । कपिलवस्तु अस्पताललाई उछिन्दै बर्दिया अस्पताल प्रथम भएको छ । उत्कृष्ट अस्पताललाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

यसैगरी झाडा पखाला प्रकोप नियन्त्रणमा उत्कृष्ट व्यवस्थापन गरे बापत जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे र शिवराज अस्पतालका मेसु डा मुकेश सिंह चौधरीसमेत सम्मानित भएका छन् । पाण्डे र चौधरीले असोज १८ गतेदेखि जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडा पखाला नियन्त्रणमा खटिएका थिए ।

झाडा पखाला उपचारका लागि आराम नगरी निरन्तर तीन दिन खटेका चिकित्सक चौधरीले सरकारले गरेको मूल्याङ्कनले सकारात्मक उत्प्रेरणा जगाएको बताए । कपिलवस्तु अस्पताल प्रदेशमै दोस्रो स्थान हुन सफल भएकोमा अस्पताल विकास समितिका अध्यक्ष खुम आचार्यले अस्पतालका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?