Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध

spot_img
spot_img

विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् ।

जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि एक सातामा २० लाख डलर खर्च लाग्छ । याचमा जिम, क्लब, स्विमिङ पुललगायतको सुबिधा छ ।

गेट्स फजुल खर्चका कारण विवादमा तानिएका छन् । उनको जन्म दिन मनाउन ठूलो रकम खर्चेर सहभागी भएका अर्बपति जेफ बेजोसको पनि आलोचना भएको छ । गेट्को जन्म दिन मनाउन बेजोस शुक्रबार हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।

टर्कीको तटमा रहेको बोर्डुममा आयोजित पार्टीमा जम्मा ५० अतिथिलाई बोलाइएको थियो । पार्टीमा गेट्सका केही आफ्न्त र अधिकांश धनाढ्य सहभागी थिए ।

पार्टी चार घन्टासम्म चलेको थियो । पार्टीमा स्याम्पेन, सुसी, पिजा र स्थानीय सीफुड वितरण गरिएको थियो ।

जन्म दिन मनाइरहेको स्थानमा त्यहाँ काम गर्ने व्यक्तिलाई फोन प्रयोग गर्न रोक लगाइएको थियो । सहभागीको गोपनियतालाई मनन गर्दै मोवाईल प्रयोगमा रोक लगाइएको थियो ।

जलवायु परिवर्तनबारे बेलायतको ग्लास्गो सहरमा विश्व सम्मेलन भइरहेका बेला गेट्सको महंगो पार्टी विवादमा तानिएको छ । कार्बन उत्सर्जन कटौती गर्न बेजोस र गेट्सले विश्वव्यापी अभियान नै चलाएका छन् । गेट्स र बेजोस सवार याच र हेलिकोप्टरले ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन गरेको छ ।

पार्टी सकिएपछि बेजोस फेरि हेलिकप्टरमै भएर फर्किएका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?