चितवनमा मंसिर १० गते हुने नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आठ दिनपछि हुने महाधिवेसनका लागि नेपाल लोकतान्त्रिक अपाङ्ग संगठनबाट पाँच जना प्रतिनिधि चयन भएका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार खुलातर्फ मित्रलाल शर्मा, जगदीसप्रसाद अधिकारी र कृष्ण गौतम छन् भने महिला कोटावाट लोचना अधिकारी र निर्मला धिताल महाधिवेशन प्रतिनिधि चयन भएका छन ।