Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : योगेश भट्टराई

spot_img
spot_img

काठमाडौं, ३ मंसिर

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् । उनले भने, ‘यो महिाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने पनि विश्वास दिलाए । उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढि स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ । यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुनेछ । सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’

उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाए । उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो । हामी त्यहीअनुसार अघि बढेका छौं । यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ । तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो ।’

उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए । उनले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेको होइन । देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्याउने लक्ष्य हो । यो कसले गर्न सक्छ त भन्दा ? एमालेले मात्रै गर्नसक्छ । त्यसको संकल्प महाधिवेशनले गर्छ ।’

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?