वाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँचमा पु¥याउनका लागि काम गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । मेलम्ची–७ को नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन तथा स्वागत, बधाई कार्यक्रमका क्रममा आज उहाँले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा सर्वसुलभ पु¥याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । “मेरो पहिलो प्राथमिकता वाग्मती प्रदेशको १३ वटै जिल्लामा रहेको स्वास्थ्य संस्था सुधार गर्ने हुनेछ”, उहाँले भन्नुभयो ।
सुरुमा प्रदेशका १३ जिल्लाको स्वास्थ्य कार्यालय भ्रमण गर्ने र त्यसपश्चात् योजना बनाउने लामाले जानकारी दिनुभयो । “बिरामीका लागि चाहिने औषधिदेखि डाक्टर नर्सको लागि चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराउनेसम्मको काममा म लाग्नेछु”, उहाँले भन्नुभयो । बाढी प्रभावितको पुनस्र्थापनाका लागि प्रदेश सरकार लागिपरेको पनि उहाँले बताउनुभयो ।