नागरिक लगानी कोषले अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई बिदाइ गरेको छ ।
कोषका अध्यक्ष डा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदका कारण अर्थ मन्त्रालयको गत कात्तिक २८ को पत्रानुसार डा भट्टराईको पदावधि समाप्त भएको हो ।
बिदाइ कार्यक्रममा डा भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै बिषय सिक्न पाएको बताउनुभयो । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गर्नुभएको सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषका अध्यक्ष र सञ्चालकले पु¥याउनु भएको सहयोगको प्रशंसा गर्दै संस्थाको कामलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गनुभयो ।