Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

सिँचाइ प्रणालीको सुधार गर्नुपर्छ : मन्त्री भूसाल

spot_img
spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिँचाइ रहेको उल्लेख गर्नुभयो ।

कृषकलाई सुविधा दिने गरी काम गर्न निर्देशन दिँदै मन्त्री भूसालले सरकारको नीति खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सतह वा भूमिगत जे होस् । सिँचाइ हुनुप¥यो ।”

कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले कार्यालयले गर्ने कामबारे जानकारी गराउनुभएको थियो । कार्यालय भरतपुरमा खुलेसँगै जिल्लाका कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?