Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेस महाधिवेशन : गण्डकी र लुम्बिनीमा मतदान सकियो, बागमतीमा आज मध्यरातसम्म मतदान हुने

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सम्पन्न भएको छ । दुवै प्रदेशमा मतदान सम्पन्न भएसँगै आजैबाट मतगणना सुरु गरिने बताइएको छ । गण्डकी प्रदेश समिति चयनका लागि भएको मतदानमा ११ सय ६६ मतदातामध्ये ११ सय ४६ प्रतिनिधिले मत दिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार मतगणना शनिबार साँझ नै सुरु हुनेछ। त्यहाँ संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतरपक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। यसैगरी लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत सम्पन्न भएको मतदानमा एक हजार ६८० मतदातामध्ये एक हजार ६३१ जनाले मतदान गरेका छन् ।

प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्वसभापति अमरसिंह पुन प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । निर्वाचन समितिका अनुसार आजै मतगणना सुरु गरेर आइतबार नतिजा प्रकाशन गरिनेछ ।

यता, बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको छ । मतदान मध्यरातसम्म चल्ने बताइएको छ । सभापति पदका लागि उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान प्रतिस्पर्धामा उत्रिएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?