Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

एमालेकाे जिल्ला अधिवेशन प्रतिनिधि बनेसँगै पत्रकार महासंघको सदस्यता त्यागे विसीले

spot_img
spot_img

अर्घाखाँची : नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गरेका छन् । एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उनले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिएका हुन् ।  उनले महासंघकाे सदस्यतासेमत त्यागेकाे घाेषणा गरेका छन् ।

विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बाेधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गरेका छन् ।  ‘नेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने  व्यवस्था भएकोले  आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको  साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,’  विसीले भनेका छन् ।

२०५४ मा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका विसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका रहेनन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?