काठमाडौं । प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ। बुधबार भएको राष्ट्रिसभा चुनावमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन्। राष्ट्रियसभा शून्य उपस्थिति रहेको जनमोर्चाले गठबन्धनको फाइदा लिएको हो ।