Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

युवती हत्या आरोपमा रुपन्देहीमा माइती पक्षको प्रदर्शन, पति र सासू/ससुरा पक्राउ

spot_img
spot_img

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् । बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको थियो । अमृताको श्रीमान्‌ले नै हत्या गरेको माइती पक्षले दाबी गरेको छ ।

कारबाहीको मागसहित उनीहरूले घर घेराउ र नाराबाजी गरेका छन् । विष सेवन गरी घाइते भएकी अमृतालाई उनका श्रीमान्‌ले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । माइती पक्षबाट श्रीमानले नै हत्या गरेको भन्ने आरोप छ, सोही आधारमा उनका श्रीमानलाई पक्राउ गरेका छौं डीएसपी केसीले भने ।

माइतीतिरका एक आफन्तले अमृताले बुधबार राति करिब साढे ९ बजे आफ्नो दाजुलाई बचाउन अपिल गर्दै म्यासेज लेखेको र म्यासेज आएको जानकारी हुनासाथ कुरा बुझ्दै जाँदा करिब १५ मिनेटपछि अस्पतालमा मृत्यु भएको खबर आएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने तथा दोषीमाथि कारबाहीको माग गर्दै अमृताको घरअगाडि विरोध प्रदर्शन भइरहेको छ ।

बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ । अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ । अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।

‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, १० नबज्दै मृत्यु भएको खबर आयो शर्माले भने । छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्‌ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनका ५ वर्षीय छोरा छन् । मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?