Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

५०-५० हजारमा भारतीयलाई सुपारी दिएर दाइभाउजुले गरे दम्पत्तिको हत्या

spot_img
spot_img

रुपन्देही । आफ्नो सहोदर दाजु भाउजूको योजनामा बाँकेको कोहलपुर १४ पार्वतीपुरमा एक दम्पतीको हत्या भएको खुलेको छ । मंगलबार बिहान मृत भेटिएका दम्पतीको सहोदर दाजु भाउजूको योजनामा हत्या भएको खुलेको हो । २५ वर्षीय श्रीमान् कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको मृतक कृष्णका दाई भाउजूले मान्छे लगाएर हत्या गरेको उनीहरूले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

कृष्णका दाइ विजय र भाउजू रेखाले भारतबाट दुई जना कनट्र्याक्ट किलरलाई बोलाएर हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।उनीहरूको हत्या गर्न भारतबाट ५०-५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र उनीहरूले नै मध्य राती दाइ विजयको उपस्थितिमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ ।

गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको र हत्याको समयमा विजय स्वयम् उपस्थित रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?