रुपन्देही । बुटवलको सडक निर्माणको ठेक्का लिएर लामो समय अलपत्र पारेको विरुवा कन्टक्सन प्रालिको ठेक्का रद्द गर्नका लागि सडक आयोजनाले प्रकृया सुरु गरेको छ । निर्माण सम्झौता भएको ६ बर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएको र ठेकेदारले पुनः म्याद थप्ने विषयमा चलखेल गरेको समाचार विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि सडक आयोजनालाई उक्त ठेकेदारसँग आयोजना रद्द गर्न दवाव परेको थियो ।
बेलहिया बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गर्दै पत्रचार गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका रबाह्य समस्याविना लामो समयसम्म निर्माणको कार्य रोकेको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको हो ।